चितवन – सिर्जना माध्यमिक विद्यालय भरतपुर महानगरपालिका ९ शरदपुरमा प्रमुख छात्र र छात्रा प्रतिनिधि छनोट गरिएको छ । आज (शुक्रबार) विद्यालय प्राङगणमा गरिएको एक कार्यक्रमका बिच प्रमुख छात्र प्रतिनिधिमा अभिमन्यु जिसी र प्रमुख छात्रा प्रतिनिधितर्फ समिक्षा शर्मा निर्वाचित भएका हुन् ।
यसैगरी विद्यालयमा सदनतर्फ क्याप्टेन र भाइस क्याप्टेन समेत विद्यार्थीहरुले छनोट गरेका छन् । स्थानियतहको निर्वाचन झल्को दिने गरी कार्यक्रममा निर्वाचन अधिकृत,सुरक्षाकर्मी,पत्रकार र मतदातको रुपमा विद्यार्थीहरुले डेमो प्रस्तुत गरेको विद्यालयका प्राचार्य लक्ष्मण भट्टराई बताए ।