वर्षायाममा ५० युनिट र हिउँदमा ३० युनिट विदयुत खपत गर्नेलाई निशुल्क बिजुली दिइने

एटुजेड समाचार

काठमाडौं  – सरकारले विद्युत खपत गर्ने उपभोक्तालाई निःशुल्क बिजुली उपलब्ध घोषणा गरेको छ । शुक्रबार संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८१ को सरकारको नीति तथा कार्यक्रम सम्बोधन गर्दै राष्ट्रपति पौडेलले वर्षायाममा मासिक ५० युनिट र हिउँदमा मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत उपलब्ध गराइने बताएका हुन् ।

दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत सेवा पुर्‍याइने बताए । विपन्न नागरिकको घरमा निःशुल्क बिजुली मिटर जोडिने बताए । खाना पकाउने ग्याँसलाई विद्युतबाट प्रतिस्थापन गर्ने सरकारको योजना रहेको बताए । हाइड्रोजन इन्धनको उत्पादन सम्भाव्यताको अध्ययन गरिने बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु