कालोसुचिका ग्राहकलाई १० प्रतिशत छुट दिदै विद्युत प्राधिकरण

एटुजेड समाचार

भरतपुर – कालोसुचिमा परेका २७० ग्राहकलाई विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले १० प्रतिशत छुट दिने भएको छ।
कालोसूचीका ग्राहकहरूले २०८० असार मसान्तभित्र बाँकी बक्यौता महशुल बुझाउँदा १० प्रतिशत छुट हुने भएकोले तत्काल बाँकि बक्यौता बुझाउन विद्युत प्राधिकरणले आग्रह गरेको छ ।

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र अन्तर्गत १ लाख भन्दा बढि बक्यौता महशुल नबुझाउने १२ जना ग्राहक रहेका छन् ।
कालोसुचिमा परेका ग्राहकहरुको तिन पुस्ते विवरणहरु सहित जिल्ला प्रशासन कार्यालय, नापी विभाग, मालपोत, महानगर पालिका एवं वडा कार्यालयहरूमा पठाउने तयारी भइरहेको विद्युत प्राधिकरणले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू