विमानस्थलबाट दुई महिला पक्राउ

एटुजेड समाचार

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध रूपमा भन्सार छलि लैजान लागेको जम्मा १ सय ८४ ग्राम तौलको सुनजस्तो देखिने पहेंलो रंगको धातुसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैंचा नगरपालिका-७ की ४० वर्षीया शोभा विश्‍वकर्मा र रामेछाप,रामेछाप नगरपालिका-५ रामपुरकी २९ वर्षीया सरिता श्रेष्ठ रहेका छन् ।

हिमालय एयरलाइन्सको उडानबाट दोहाबाट काठमाडौं आएकी शोभा विश्‍वकर्माबाट १ सय ४ ग्राम तौलको बेरुवा औठी १ थान, ब्रासलेट १ थान, सिक्री १ थान र लकेट २ थान तथा सरिता श्रेष्ठबाट जम्मा ८० ग्राम तौलको सिक्री १ थान र बेरुवा औठी १ थानसहित फेला पारी बिहीबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्‍यक अनुसन्धान एवं कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू