दार्चुलामा यार्सा सङ्कलनका क्रममा ढुङ्गाले लाग्दा एक जनाकाे मृत्यु

एटुजेड समाचार

काठमाण्डाै – दार्चुलाकाे व्यास गाउँपालिका–१ कुन्तीमा यार्सागुम्बा सङ्कलनका क्रममा ढुङ्गाले लाग्दा एक जनाकाे ज्यान गएकाे छ ।

बिहीवार हिजाे ढुङ्गाले लागेर व्यास गाउँपालिका–१ छाङरुका ४२ वर्षीय वीरसिंह ऐतवालको ज्यान गएकाे हाे । ढुङ्गाले लागेर अर्का एक जना घाइते भएका छन् ।

ढुङ्गा खसेर टाउकाेमा चाेट लागेका ‍‌ऐतवालको घटनास्थलमै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताउनु भयाे।

यस्तै, घाइते पुष्कर ऐतवालको उद्धार गरिएकाे र उहाँकाे घरमै प्राथमिक  उपचार भइरहेको सिंहले बताउनु भयाे ।

 

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू