गाई काटेको आरोपमा ४ जना पक्राउ

एटुजेड समाचार

विराटनगर – राष्ट्रिय जनावर गाई काटेको आरोपमा मोरङको केराबारीबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा केराबारी गाउँपालिका–३ की ३७ वर्षीया पवित्रा तामाङ, ५० वर्षीया नीरमाया तामाङ, केराबारी–७ का २३ वर्षीय सन्तोष लिम्बू र २२ वर्षीया मञ्जु लिम्बू रहेका छन् ।

केराबारी–३ साइ डाँडामा गाई काटेको सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक उदय शम्शेर राणा नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार ४ जनालाई बिहीबार राति ८ बजेतिर पक्राउ गरिएको हो । पक्राउ परेकाको घरबाट गाईको मासु, टाउको र खुट्टा बरामद भएको दाहालले बताए ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर थप अनुसन्धान अघि बढाइएको जानकारी उनले दिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू