चितवन राष्ट्रिय निकुञ्जको प्रजनन केन्द्रमा हालसम्म ४१ वटा हात्ती जन्मिए

एटुजेड समाचार

चितवन, जेठ ५- चितवन राष्ट्रिय निकुञ्जमा रहेको हात्ती प्रजनन केन्द्रमा अहिलेसम्म ४१ वटा हात्ती जन्मिएका छन् । निकुञ्जमा विसं २०४४ सालमा स्थापना भएको हात्ती प्रजनन केन्द्र खोरसोरमा अहिलेसम्म ४१ वटा हात्ती जन्मिएका हुन् ।

खोरसोरमा रहेका ५५ वटा हात्तीमध्ये पाँच वटा विदेशबाट ल्याइएका हुन् भने अन्य नेपालमा नै जन्मिएका हुन् । राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार भारतबाट ल्याइएका चार वटा र थाइल्याण्डबाट ल्याइएका एउटा हात्ती अहिले खोरसोरमा रहेका छन् । नेपालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट दुई, सर्लाहीबाट चार र कोशीटप्पुबाट तीन वटा हात्ती ल्याइएको उहाँले बताउनुभयो ।

त्यसभन्दा अघि देखिका हात्ती अहिले खोरसोरमा रहेका उहाँले बताउनुभयो । निकुञ्जको खोरसोरमा रहेका हात्तीमध्ये अहिले चार वटा वृद्धावस्थाका रहेका छन् भने अन्य एक वर्षदेखि माथिका रहेका छन् । तत्कालीन समयमा राजपरिवार सिकार खेल्न आउँदा प्रयोग गरिएका हात्ती निकुञ्जमा रहेका उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, खोरसोर स्थापना हुनुअघि राजपरिवार सिकार खेल्न आउँदा प्रयोग गरिने हात्ती यहाँ छन् । यहाँ रहेका हात्तीमध्ये ३२ वटा भाले र २३ वटा पोथी हुन् । निकुञ्ज सुरक्षार्थ हात्तीको प्रयोग गर्ने गरिन्छ । जीप जान नसक्ने ठाउँमा हात्तीमा चढेर गस्ती गर्ने गरिन्छ । रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू