प्रेस युनियनलाई सबैकाे साझा संगठन बनाउनु पर्छ : अध्यक्ष लम्साल

एटुजेड समाचार

चितवन – नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालले नेपाल प्रेस युनियनलाई सबैकाे साझा संगठनकाे रुपमा बिकास गर्नुपर्ने बताउनुभयाे । नेपाल प्रेस युनियन चितवनकाे नबाैं अधिबेशनबाट निर्वाचित कार्यसमितिकाे पदस्थापन कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले युनियनलाई भूई मान्छेकाे कुरा भन्न सक्ने युनियन वनाउनु पर्ने बताउनुभयाे ।

प्रेस युनियनलाई नियम, विधि र पत्रकारीताकाे मर्ममा लाग्न आग्रह गर्नुभएकाे छ । विधि, विधान भन्दा बाहिर प्रेस युनियन बाहिर नजाने उहाँकाे भनाई थियाे । युनियन कर्मिले सबैलाई न्याय गर्नु पर्ने उहाँले बताउनुभयाे ।प्रेस युनियन चितवनकाे भवनलाई केन्द्रीय तालिमकेन्द्र बनाउन सबैले सहयाेग गर्न उहाँले आग्रह गर्नुभयाे ।

कार्यक्रममा बाेल्ने बक्ताहरुले पत्रकमरीतामा देखिएका समस्या समाधान गर्न नेपाल प्रेस युनियन लाग्नु पर्ने बताउनुभयाे । समाजमा भएका समस्याहरुलाई जस्ताकाे तस्तै ल्याउन सक्नु पर्ने बताएका थिए । कार्यक्रममा बाेल्ने बक्ताहरुले पत्रकमरीताकाे मर्म र कर्म एक वनाएर जानू पर्ने बताउनुभयाे ।

साे अबसरमा नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारमयण श्रेष्ठ,संविधान सभा सदस्य गिता वाग्ले, प्रदेश सभा सदस्यहरु उत्तम जाेशी,बिनु रायमाझि पाैडेल,मायाँ श्रेष्ठ,नेपाल प्रेस युनियनका महासचिब दिलिप पाैडेल, नेपाली कांग्रेस चितवनका उपसभापति राजिव न्याैपाने, प्रबक्ता अनमाेल अधिकारी, प्रेस युनियनका पूर्व बरिष्ठ उपाध्यक्ष दिपक आचार्य, मैयादेवी ट्रष्टका अध्यक्ष प्रेमकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारी, प्रेस चाैतारी नेपालका केन्द्रीय निर्वाचन आयाेगका उपाध्यक्ष नवराज ढकाल, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य प्रकाशमणी ज्ञवाली लगाएतले बाेल्नु भएकाे थियाे ।

कार्यक्रममा नेपाल प्रेस युनियन चितवनकाे ८ अौ जिल्ला अधिबेशनबाट निर्वाचित कार्य समितिबाट उत्कृष्ठ सदस्यमा काेषाध्यक्ष बिप्लब काफ्लेलाई सम्मान गरिएकाे थियाे । युनियनकाे नवाैं जिल्ला अधिबेशन बैशाख २७ गते सम्पन्न भएकाे थियाे । कार्यक्रम नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू