काठमाडौँ – भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई पक्राउ परेका छन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने सम्बन्धी ठगी कार्य छानबिनमा अनुसन्धानको लागि रिजाललाई पक्राउ गरिएको हो । रिजाललाई अनुसन्धानको लागि बिहीबार झापाबाट काठमाडौं ल्याइएको छ ।
यसअघि भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका मोरङका सागर राईले रिजाललाई समेत मुछेका थिए । उनले बयानका क्रममा रिजाललाई ७ लाख रुपैयाँ दिएको दाबी गरेका थिए ।