प्रधानमन्त्रीलाई शिशिर खनालको प्रश्न: निर्वाचनमा हेलिकोप्टर चढेको पैंसा जनताको करबाट हो कि तपाईंको गोजिबाट ?

एटुजेड समाचार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् शिशिर खनालले निर्वाचनमा सत्ता साझेदार दलबाटनै हेलिकोप्टरको दुरुपयोग भएको बताएका छन् । संसद् बैठकमा प्रधानमन्त्री प्रचण्डलाई निर्वाचनमा हेलिकोप्टर चढेको पैंसा जनताको करबाट हो कि तपाईंको गोजिबाट ? भन्दै प्रश्न सोधेका थिए।

तर, प्रधानमन्त्रीले यसको जवाफ दिएनन्।

शिशिरको प्रश्न छ,‘गत वैशाख १० मा भएको उपनिर्वाचनमा तपाईंलगायत पूर्वप्रधानमन्त्रीहरू हेलिकोप्टरमा चढेर हाम्रा उम्मेदवार हराउन जिल्ला जिल्लामा पुग्नुभयो । गठबन्धनका उम्मेदवारहरूलाई मन्त्री बनाउने आश्वासन पनि दिनु भएको सर्वविदितै छ । त्यो आश्वासन आचारसंहिता विपरित थियो कि थिएन ? म के सोध्न चाहन्छु भने त्यो हेलिकोप्टरको रकम जनताको रगत पसिनाले उठेको करको पैसाले तिरिन्छ कि हजुरको गोजीबाट तिरिन्छ ? ’

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू