काठमाडौ – साफले खेल तालिका पनि सार्वजनिक गरेको छ । तालिका अनुसार असार ६ गते उदघाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समय अनुसार पौने ४ बजे सुरु हुनेछ । दोस्रो खेलमा नेपालले ९ असारमा आयोजक भारतसँग खेल्नेछ । तेस्रो तथा समूह चरणको अन्तिम खेलमा १२ असारमा पाकिस्तानविरुद्ध खेल्नेछ ।
प्रतियोगिताको १४औँ संस्करणमा दुई आमन्त्रितसहित आठ टिम सहभागी छन् । सहभागी टिमलाई एक समूहमा चार टोली रहने गरी दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् । प्रत्येक समूहमा शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
कुवेत र लेबनानले आमन्त्रित टिमको रुपमा पहिलो पटक च्याम्पियनसिप खेल्न लागेका हुन् । प्रतियोगिताजुन २१ देखि जुलाई ४ सम्म चल्नेछ ।