सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति पौडेलले नै प्रस्तुत गर्ने

एटुजेड समाचार

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नै यही जेठ ५ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।स्वास्थ्य समस्याका कारण भारतमा उपचार गराएर फर्किएपछि आराम गरिरहेका राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्न सक्ने/नसक्नेमा यसअघि संशय थियो । सोही कारण राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्न सुरु गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकाउने तयारी गरिएको थियो ।

जेठ ५ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ ।“सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले नै प्रस्तुत गर्नुहुनेछ,” राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बाह्रखरीसँग भने, “उहाँको स्वास्थ्यमा सुधार आएपछि राजकीय जिम्मेवारीका काम सुरु गरिसक्नुभएको छ ।”पूर्ण स्वास्थ्यलाभ नभइसकेकाले सामान्य भेटघाटसहितका गतिविधि भने उनले सुरु नगरेको पोखरेलले बताए ।रासस

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू