लामो दुरीका सवारीको भाडा ३.२० प्रतिशतले घट्यो

एटुजेड समाचार

काठमाडौ – यातायात व्यवस्था विभागले डिजेल र पेट्रोलको मूल्य घटेसँगै लामो दुरीका सवारीसाधनको भाडामा मूल्य समायोजन गरेको छ । आजबाट लागुहुने गरी भाडा घटाइएको हो । यातायात व्यवस्था विभागतका अनुसार जेठ २ मा डिजेलको मूल्य घटेपछि आजैदेखि लागु हुनेगरी दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणाली बमोजिम समायोजन गरिएको हो ।

यात्रुवाहक सवारीमा ३.२० प्रतिशतले घटेको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४.६५ प्रतिशतले भाडा घटेको छ । आजैदेखि नेपाल आयल निगमले डिजेल र पेट्रोलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटाएसँगै विभागले नयाँ भाडादर सार्वजनिक गरेको हो । इन्धनको मूल्यमा पाँच प्रतिशत तलमाथि हुनासाथ गाडी भाडा समायोजन गरिन्छ । अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा भने प्रदेश सरकारबाट निर्धारण हुन्छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू