अझै सम्मानित सर्वोच्च न्यायलयप्रति भरोसा छ : रेशम चौधरी

एटुजेड समाचार

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार्ने बताएका छन्। चौधरीले बुधबार वक्तव्य जारी गर्दै अदालतलाई सदा सम्मान गर्ने भन्दै फैसला स्वीकार्ने बताएका हुन्।

चौधरीले भने, ‘टिकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्वीकार्दै भोलि पुनरावकलनको बाटो हाम्रो लागि खुल्ला छ। हामी सम्मानित अदालतलाई सदा सम्मान गर्छौं। अदालतलाई सबैले उत्तिक्कै सम्मान गर्नु पर्दछ।’ उनले टिकापुर घटनाको फैसलालाई अनर्गल बनाउँदै जथाभावी सामाजिक सन्जालमा सम्प्रेषण नगर्न अनुरोध गरे।

चौधरीले भने, ‘२०८० जेठ २ गते सर्वोच अदालतले गरेको फैसला मप्रति न्यायिक नहुन सक्छ तर, त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न। टिकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्वीकार्दै भोलि पुनरावकलनको बाटो हाम्रो लागि खुल्ला छ।’

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू