काठमाडौं – बुधबार सुनको मूल्य ११ सय रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ११ सय रुपैयाँले घटेर प्रतितोला सुन १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो कारोबार दिन मंगलबार ८५० रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ११ हजार १ सय रुपैयाँमा खरिदबिक्री भएको थियो।
आज तेजावी सुन १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ।
सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। आज ५ रुपैयाँले घटेर प्रतितोला चाँदी १३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।