आज यस्तो छ सुनचाँदीको मुल्य

एटुजेड समाचार

काठमाडौं – आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । साेमबार सुनको मूल्य प्रतितोला एक लाख ११ हजार रुपैयाँमा कारोबार भएकोमा आज एक सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ११ हजार एक सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएकोमा पनि सोहि मूल्य कायम भएको महासंघले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू