आज देशका यी स्थानमा हुने छ वर्षा

एटुजेड समाचार

काठमाडौं – आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र  बागमती प्रदेशका पहाडी भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/ हावाहुरी सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

पूर्वी तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। आज राति कोशी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू