काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीको बयान सुरु भएको छ। रायमाझीले बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा बयान दिएका हुन्।
काठमाडौं जिल्ला अदालतले सोमबार टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो।
रायमाझीलाई प्रहरीले आइतबार बेलुकी बुढानिलकण्ठ क्षेत्रबाट पक्राउ गरेको थियो। एमाले सचिवसमेत रहेका रायमाझीलाई पार्टीले यसअघि नै निलम्बन गरेको थियो।
यसअघि पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धानलाई अघि बढाएको छ। त्यस्तै आज सोमबार नै प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी पक्राउको जानकारी प्रतिनिधिसभालाई गराएका थिए।