चितवन – द आर्ट अफ लिभिङ्गका प्रतिपादक श्री श्री रबि शंकर गुरुको ६७ औं जन्म उत्सवको अवसरमा बृहत सत्सङ एवं गुरु पुजा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम भरतपुर ७ कृष्णपुर स्थित क्यान्सर हस्पिटलको सभाहलमा सम्पन्न भएको हो ।
द आर्ट अफ लिभिङ्ग चितवनका संयोजक भोज बहादुर खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि द आर्ट अफ लिभिङ्गका कोषाध्यक्ष उपेन्द्र पौडेल रहेका थिए । आध्यत्मिक गुरु श्री श्री रबि शंकरको लामो आयु र सु स्वास्थ्यको कामना व्यक्त गर्दै गुरुको जन्म उत्सव मनाउन पाउनु खुशीको कुरा भएको बताए ।
त्यस्तै कार्यक्रमका अध्यक्ष एवम् द आर्ट अफ लिभिङ्ग चितवनका जिल्ला संयोजक भोजबहादुर खड्काले गुरुको जन्म दिन मनाईरहदा गुरुको कृपा आफुहरुलाई पनि लागिरहने बताए । गुरुसँगको सम्बन्धले धेरै परिवर्तन भएको बताउदै गुरुको दिर्घायुको कामना गरे ।
स्वागत मन्तव्य द आर्ट अफ लिभिङ्गका डि.सी.सी. मेम्बर सुनिता पियाले राखेकी थिइन भने भोलिनटियर अर्जुन शर्माले कार्यक्रम संचालन गरेका थिए ।
भजन को – अर्डिनेटर विकास मरहठ्ठाको सयोजन रहेको सत्सङ्ग कार्यक्रममा क्लासिकल गायक कुन्दन पाठक, गायिका जोनिशा पौडेल एवं अतिथी गायक मनिष सापकोटाले भजन गाएका थिए भने सस्थाकी सदस्य सुरक्षा रेग्मी, कबिता पौडेल लगायतकाले साथ दिएका थिए । कार्यक्रममा द आर्ट अफ लिभिङ्गका सदस्य तथा विभिन्न संस्थाका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।