भ्रष्टाचारका आरोपी नै सडकमा आन्दोलन गरे : ज्ञानेन्द्र शाही

एटुजेड समाचार

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं सांसद् ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीको तीन पुस्ते सम्पत्ति जफत गर्ने कानुन बनाउनुपर्ने माग गरेका छन्।

संसद्को विशेष समयमा बोल्दै भ्रष्टाचार नियन्त्रणका लागि सडकबाट नभई संसदबाटै आन्दोन गर्न सांसद्हरूलाई प्रस्ताव गरेका हुन्।

शाहीले भने, ‘भ्रष्टाचारीका आरोप लागेकाहरू नै सडकमा आन्दोलन गर्दैछन्। यस्ता आन्दोलनले भ्रष्टचारीलाई संरक्षण गर्न। भ्रष्टाचार निर्मूल गर्न कानुन बनाउने थलो संसद् हो। तर, म्याद हदबन्दी भनेर पाँच वर्षमात्रै गराइँदैछ। ’

देश भ्रष्टाचारले व्याप्त भएको भन्दै ओम्नी, क्यान्टोनमेन्ट, ललिता निवास काण्डलगायत प्रकरणमा पार्टी सिद्धान्त भन्दामाथि उठेर छानबिन गर्नुपर्ने बताए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू