नक्कली भुटानी शरणार्थी प्रकरणबारे एमालेले माग्यो सरकारको प्रगति

एटुजेड समाचार

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालले सरकारसँग नक्कली भुटानी शरणार्थी प्रकरणबारे विवरण माग गरेको छ।

प्रतिनिधि सभामा बोल्दै ​​​​​​​सांसद् ठाकुर गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारले प्रतिनिधि सभालाई जानकारी गराउनुपर्ने माग गरेका हुन्।

प्रतिनिधि सभामा बोल्दै सांसद् गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले अहिलेसम्म गरेका प्रगति विवरणबारे संसद्लाई जानकारी गराउनुपर्ने माग गरेका हुन्। गैरेले भने, ‘यो जघन्य अपराधको विषय हो। सार्वभौम संसदमा जानकारी गराउने कार्यसूची किन राखिएन? संसद् चलिरहेको छ। दोषीलाई कारबाही गर्न माग गर्छौं।’

गैरेले निष्पक्ष छानविन हुन्छ भन्नेमा जनतालाई विश्वास नभएको बताए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू