फेक अडियोबारे छानबिन गरेर सार्वजनिक गरियोस् : आरजु राणा देउवा

एटुजेड समाचार

काठमाडौं – नेपाली कांग्रेसकी नेतृ एवं सांसद् आरजु राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘फेक अडियो’ बनाएर आफ्नो बदनाम गरेको भन्दै सरकारसँग छानबिनको माग गरेकी छन्।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले सरकारले छिट्टै उक्त टेपको सत्यतथ्य उजागार गर्नुपर्ने बताएकी हुन्।

‘हाम्रो देशमा फेक न्युजको पराकास्टा छ। फेक मिडियाको सरकारले सुपरीवेक्षण गर्नुपर्छ। मेरो नाम लिएर फेक अडियो टेष्टका लागि प्रहरीलाई दिएको थिएँ। तर त्यो दर्ता गर्न तीन घण्टा लगाइयो। ६ दिन हुँदा पनि फेक हो कि होइन भनेर किन भनिएको छैन? सरकारले चाँडै नै टेपको सत्य तथ्य उजागार गरोस्,’ उनले भनिन्। केही दिनअघि उनले उक्त अडियोको छानबिन माग गर्दै साइबर व्युरोमा उजुरी दिएकी थिइन्।

नक्कली भुटानी शरणार्थी काण्ड देशको लज्जास्पद् काण्ड रहेको उनको भनाइ छ। उनले भनिन्, ‘आफ्नो नागरिकता भएकाहरूले पनि त्यागेर विदेश जाने अवस्था कस्तो होला? देशको लागि हामीले काम गरेर देखाऔं। मानव बेचबिखन विश्वव्यापी समस्या हो। मानव बेचबिखन नियन्त्रणमा सरकार गम्भीर बनोस्।’

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू