काठमाडौ – प्रधानमन्त्री पुषपकमल दाहाल र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
संसद्को चालू बजेट अधिवेशनलाई प्रभावकारी बनाउने बनाउने विषयमा भेटमा कुराकानी भएको बताइएको छ । भेटमा सरकारको नीति तथा कार्यक्रम पेस गर्न संसद्को संयुक्त बैठक बस्ने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारले नीति तथा कार्यक्रम पेस गरेपछि जेठ १५ गते बजेट सार्वजनिक गर्नु पर्ने संवैधानिक प्रावधान छ । त्यस अगाडि नै सरकारले नीति तथा कार्यक्रम ल्याउनेछ । सोही विषयमा छलफल गर्न अध्यक्ष तिमिल्सिना बालुवाटार पुगेका हुन् ।