आज यस्तो छ सुनचाँदीको मुल्य

एटुजेड समाचार

काठमाडौं – स्थानीय बजारमा जेठ महिनाको पहिलो कारोबार दिन सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर कारोबार भएको हो ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँमा कारोबार भएको छ । आइतबार उक्त सुन प्रतितोला एक लाख १० हजार ८०० रुपैयाँमा करोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको छ ।

सोमबार चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी लगातार तीन दिनदेखि यही मूल्यमा कारोबार भइरहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू