नक्कली भुटानी शरणार्थी प्रकरण : फरार रहेका टोपबहादुर रायमाझी पक्राउ

एटुजेड समाचार

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि फरार रहेका टोपबहादुर रायमाझी पक्राउ परेका छन्।

प्रहरी उच्च स्रोतका अनुसार उनलाई बुढानीलकण्ठबाट आइतबार साँझ नियन्त्रणमा लिइएको हो। उनी ११औं दिनमा पक्राउ परेका हुन्। उनले प्रहरीसामु आत्मसमर्पण गरेका हुन्।

यसअघि प्रहरीको विशेष टोलीले मंगलबार ललितपुरको सातदोबाटोस्थित उनको घरमा छापा मारेको थियो।

सांसद समेत रहेका रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो। वैशाख २० गते पक्राउ पूर्जी जारी भएसँगै उनी सम्पर्कविहीन भएका थिए।

उक्त घटनामा रायमाझीका छोरा सन्दीप भने यसअघि नै पक्राउ परिसकेका छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू