भ्रष्टाचारविरुद्ध प्रदर्शन होइन भ्रष्ट नेतालाई सिधै बागमतीमा चोपल्नुस्ः मेयर बालेन शाह

एटुजेड समाचार

काठमाडौँ – काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले नेताहरूले गरेको भष्ट्राचार विरुद्धको सडक आन्दोलनप्रति आक्रोश व्यक्त गरेका छन् । शनिवार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले आक्रोश पोखेका हुन । उनले नेताहरूले भ्रष्टाचार विरुद्धको आन्दोलनका नाममा नाटक गरेको भन्दै सिधै बागमतीमा चोपल्नुस् भन्दै आक्रोश पोखेका छन् ।

उनले फेसबुकमा लेखेका छन्,

‘भ्रष्टाचार विरुद्धको आन्दोलन ?

को नेता हो थाह छ ?

घर कहाँ हो थाह छ ?

सिधै लगेर बागमतीमा चोपाल्नुस् । 

यस्तो सडक नाटक धेरै देखी सक्यो हाम्ले ।

पत्याउँदिन म चाहिँ ।

तपाईँहरूलाई यत्रो भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई हैन, सिधै कारबाही गर्नलाई हो, सिधै कारबाही गर्ने नीति बनाउनलाई हो ।

काठमाडौँ महानगर प्रमुख शाहले प्रायः शनिवारका दिन आक्रोश मिश्रित कडा टिप्पणी सार्वजनिक गर्ने गरेका छन् । शनिवार काठमाडौँमा   पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, हिसीला यमी, सांसद सुमना श्रेष्ठलगायतका राजनीतिक दल नेताहरु सहभागी भएका थिए।नेताहरुको सो कार्यक्रमप्रति मेयर शाहले आक्रोश पोखेको अनुमान गरिएको छ ।

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू