यात्रा ग्रुप भरतपुरलाई टिसर्ट हस्तान्तरण

एटुजेड समाचार

नारायणगढ – सामाजिक तथा खेलकुद क्षेत्रमा सक्रिय यात्रा ग्रुप भरतपुरलाई टिसर्ट हस्तान्तरण गरिएको छ । नारायणगढक जुन हलरोडस्थित गोल्डेन आयुष फेन्सीले आज (शनिबार) एक कार्यक्रमकाबीच १८ थान टिसर्ट हस्तान्तरण गरेको हो ।

फेन्सीका सञ्चालक कृष्ण कंडेलले यात्रा ग्रुपका अध्यक्ष कृष्ण कार्कीलाई उक्त जर्सी हस्तान्तरण गर्नुभयो । कंडेलले सामाजिक कार्यमा सक्रिय यस्ता संस्थाहरुलाई सहयोग गर्न आफू सधैं तयार रहेको बताए । उनले आगामी दिनमा पनि यस्ता सहयोगका संस्था सधैं तयार रहने प्रतिवद्धता जनाए ।

यात्रा ग्रुपका अध्यक्ष कृष्ण कार्कीले यस किसिमको सहयोगले सधैं प्रोत्साहन मिल्ने बताए । यात्रा ग्रुप सामाजिकसँगै खेल क्षेत्रमा सक्रिय छ । यात्रा ग्रुपको आफ्नै फुटबल क्लब समेत छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू