प्रेस युनियन नवलपुरको एघारौँ अधिवेशन जेठ ५ गते हुने

एटुजेड समाचार

नवलपुर – नेपाल प्रेस युनियन नवलपुरको एघारौँ अधिवेशन आउँदो ज्येष्ठ ५ गते हुनेभएको छ । युनियनको आज बसेको जिल्ला कार्यसमितिको बैठकले कावासोती नगरपालिका वडा नं. ८ स्थित नेपाल आमा समूहको सभाहलमा अधिवेशन गर्ने निर्णय गरेको हो ।

अधिवेशनले आगामी तीनवर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने प्रेस युनियन नवलपुरले जनाएको छ । सकेसम्म सहमतिका लागि प्रयास गरिने नभए निर्वाचन मार्फत भएपनि नेतृत्वको टुंगो लगाउने युनियनको तयारी छ ।

युनियन नवलपुरको अध्यक्ष पदका लागि आशिष रेग्मी, नविन पौडेल विष्णु गौडेल र खगराज सापकोटा लगायतले चाहना राखेका छन् । प्रेस युनियन नवलपुरमा १३२ जना सदस्यहरु छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु