काठमाडौ – नक्कली भुटानी शरणर्थी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने भएको छ ।
आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतको टोलीले ज्ञापन पत्र बुझाउन लागेको हो । ‘संगठित भ्रष्टाचारविरुद्ध राप्रपाको आवाज’ अभियानअन्तर्गत राप्रपाले ज्ञापनपत्र सरकारसमक्ष ज्ञापनपत्र बुझाउने कार्यक्रम गर्न लागेको राप्रपाले जनाएको छ ।
त्यस्तै ७७ वटै जिल्ला प्रशासनमा जिल्ला कार्यसमितिका अध्यक्षमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको राप्रपाले जनाएको छ । अध्यक्ष लिङ्देनले भ्रष्टाचारविरुद्ध एकजुट हुन आह्वान गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई उन्मुक्ति दिन नहुने राप्रपाको भनाइ छ ।