नारायणगढमा भ्रष्टाचार बिरुद्ध प्रर्दशन

एटुजेड समाचार

चितवन – चितवनको नारायणगढमा भ्रष्टाचारको विरोधमा सडकमा प्रर्दशन गरिएको छ। भ्रष्टाचार विरुद्ध जागरण अभियानले आज (शुक्रबार) बालकुमारी कन्या माध्यमिक विद्यालय चोकमा प्रर्दशन गरेको हो।

भ्रष्टाचार विरुद्धका नारा लेखिएका प्लेकार्ड बोकेका नागरिकले सडकमा बाजासहित प्रर्दशन गरेका हुन् । उनीहरुले सरकारलाई खुट्टा नकमाई भ्रष्टाचारीलाई कारबाही गर्न अनुरोध गरेका थिए।

बिरोध प्रदर्शनमा भ्रष्टाचारीलाई च्याप्प समाऊ, भ्रष्टाचारीहरूको सम्पत्ति जफत गर, सरकार ! हिम्मतका लागि आभार, खुट्टा कमाए खबरदार, भ्रष्टाचारीका दस हात, हाम्रो कर मिलेर लुटन बन्द गर,जनताको खबरदारी नउम्किऊन् भ्रष्टाचारी, भ्रष्टाचारी चाहिँदैन, देश लुट्न पाईंदैन, भ्रष्टाचारीको भर हुन्न जहाँ बसे नि देश हुन्न लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए। बिरोध प्रदर्शनमा विभिन्न पार्टी र संगठन, संस्थाहरुका व्यक्तीहरु स्वत स्र्फुत रुपमा आएका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू