धनकुटा — राष्ट्रिय फुटबल टिमका गोलकिपर तथा कप्तान किरण चेम्जोङ जन्मस्थल चौबिसेको राजारानीमा सम्मानित भएका छन् । उनलाई चौविसे गाउँपालिकाले सम्मानपत्र र नगद ५० हजारसहित सम्मान गरियो । रारा गोल्डकपको फाइनल खेलको अवसरमा चेम्जोङलाई सम्मान गरिएको हो ।
चेम्जोङलाई चौविसे गाउँपालिका अध्यक्ष राजकुमार लिम्बु क्लबका अध्यक्ष मणि चेम्जोङले सम्मानपत्र हस्तान्तरण गरेका थिए । उक्त अवसरमा चेम्जोङले सम्मानबापत प्राप्त ५० हजार नगदमध्ये आयोजक रारा फुटबल क्लबलाई २५ हजार र उनले अध्ययन गरेको स्थानीय पुण्य माविलाई २५ हजार रुपैयाँ हस्तान्तरण गर्ने घोषणा गरे ।

