चितवन राष्ट्रिय निकुञ्जमा गैंडाका दुई बच्चा मृत भेटिए

एटुजेड समाचार

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा गैंडाका दुई केटाकेटी मृत फेला परेका छन् ।  निकुञ्जले दिएको जानकारी अनुसार वैशाख २६ गते निकुञ्जको तमोर ताल कसरा क्षेत्रमा ४ महिनाको पोथी गैंडा मृत अवस्था भेटिएको हो ।

खाग नपलाएको गैंडाको बच्चाको १२ वटा खुर भने सुरक्षित रहेको निकुञ्जले बताएको छ । गैंडा प्राकृतिक कारणले मरेको निकुञ्जको दावी छ । यस्तै, वैशाख २७ गते सौराहा सेक्टरको राप्ती नदी क्षेत्रको पटना भन्ने ठाउँमा साढे २ बर्षको भाले गैंडाको बच्चा मृत फेला परेको छ ।

प्राकृतिक कारणले मरेको दावी गरिएको गैंडाको खाग र खुर सुरक्षित छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु