काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्। पार्टी पदाधिकारी बैठकअघि सभापति देउवा बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन्।
भेटमा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउँद सहभागी थिए। बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा छलफल भएको बताइएको छ।
कांग्रेस पदाधिकारी बैठक केहीबेरमा बस्दैछ।


भुटानी शरणार्थी ठगी प्रकरणमा कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि सोही विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो।
यसअघि बुधबार पनि पदाधिकारी बैठक बसेको थियो। बैठकमा प्रहरी हिरासतमा रहेका केन्द्रीय सदस्य खाँणलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा दुईथरी धारणा आएपछि आज पुन: बैठक बस्ने गरी स्थगित भएको थियो।
आजको बैठकले सोही विषयमा निर्णय गर्नेछ। बैठकमा पूर्व पदाधिकारीलाई समेत बोलाइएको छ।