काठमाडौ – नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट रकम असुली गरी भएको ठगी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणको आज देखि बयान लिइने भएको छ । प्रहरीले बुधबार खाणलाई काठमाडौं चाबहिलस्थित निवासबाट पक्राउ गरेको थियो ।
प्रहरीले खाणसँगै उनका सहयोगी नरेन्द्र केसीलाई पक्राउ गरेको थियो । दुबै जनाको आजवाट वयान लिन सुरु हुने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जनाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाणलाई पक्राउ गरेपछि प्रहरी अनुसन्धान अन्य सम्बन्ध पहिल्याउनतिर केन्द्रित भएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँग खाणको आर्थिक कारोबार भएनभएको पक्षमा प्रहरी अनुसन्धान केन्द्रित भएको हो ।
यसमा जोडिएको आरोप लागेकी कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाबीच आर्थिक कारोबार भएनभएको बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । त्यसमा खाणपत्नी मन्जुको नाम पनि जोडिएको छ । खाणलाई ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाँणसँगै काम गरेका गृह सचिव टेकनारायण पाण्डेसहित बा¥ह जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।।