दोस्रो जनआन्दोलनका ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन

एटुजेड समाचार

बनेपा – दोस्रो जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन भएको छ। उपचारका क्रममा बुधबार राती उनको निधन भएको मुकेश फाउन्डेसनका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिए।

‘जिउँदा शहीद’ भनेर चिनिने कायस्थको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा बुधवार साँझ निधन भएको हो । ३२ वर्षको उमेरमा उनको ७ः३० बजे निधन भएको हो ।

२०६२र६३को जनआन्दोलनको क्रममा २०६२ चैत २७ गतेको आन्दोलनमा १४ वर्षीया मुकेशको शिरमा सुरक्षाकर्मीको गोली लागेको थियो ।

त्यसपछि निरन्तर अस्पतालमा रहँदै आएका मुकेश पछिल्लो समयमा भने स्वास्थ्यमा सुधार हुँदै आएको थियो । उनी पछिल्लो समयमा हाँस्न, इशारा गर्ने र ह्विल चेयरमा बस्न सुरु गरेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु