सिंहदरबारमा प्रचण्ड-देउवा र ओलीबीच भेटवार्ता

एटुजेड समाचार

काठमाडौं – सिंहदरबारमा तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ ।

आजै मात्रै कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् । भने एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ पूर्जी जारी भएपछि फरार छन् । रायमाझीलाई एमालेले निलम्बन गरिसकेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान उत्कर्षमा पुगेर हाइ प्रोफाइल नै मुछिरहेका बेला बेला तीन दलका शीर्ष नेताहरु छलफलमा बस्नुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

यस्तै बैठकमा संसदीय समिति गठन, आगामी बजेटलगायत समासामियक विषयमा कुराकानी भइरहेको बताइन्छ । तीन दलका शीर्ष नेताहरूबीच मंगलबार पनि भेटवार्ता थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु