पूर्वगृहमन्त्री पक्राउ परेपछि रवि लामिछानेले दिए सरकारलाई धन्यवाद

एटुजेड समाचार

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाण पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई धन्यवाद दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्री ज्यू, धन्यवाद प्रधानमन्त्री ज्यू । यो सिलसिला नरोकियोस् । कुनै हालतमा नरोकियोस् ।’

यो प्रकरणमा अहिलेसम्म १२ जना पक्राउ परिसकेका छन् । पक्राउ पुर्जी जारी भएका एमाले सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी फरार छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू