काठमाडौं – आज देशका तीनवटा प्रदेशमा वर्षा हुने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।



लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा सामान्य हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।