स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई विदेश भ्रमणमा नजान आग्रह

एटुजेड समाचार

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई अत्यावश्यकबाहेक विदेश भ्रमणमा नजान आग्रह गरेको छ । मन्त्रालयले औचित्य पुष्टि हुने अवस्था नभई विदेश भ्रमण नगर्न आग्रह गरेको हो ।आर्थिक संवेदनशीललाई ध्यानमा राख्दै अहिले सरकार बजेट निर्माणको प्रक्रियामा रहेको भन्दै मन्त्रालयले ७५३ स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै विदेश भ्रमण नगर्न भनेको हो ।

मन्त्रिपरिषद्ले यसअघि नै अत्यावश्यकबाहेक अन्य अवस्थामा विदेश भ्रमण नगर्न स्थानीय तहलाई निर्देशन दिइसकेको छ ।कतिपय भ्रमण तथा कार्यक्रमको आधिकारिता पुष्टि हुन नसकेको भन्दै अत्यावश्यकबाहेक स्वीकृतिका लागि नपठाउन पनि मन्त्रालयले सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।गलत कागजात तयार गरी स्वीकृतिका लागि पठाएको अवस्थामा छानबिन हुने र कारबाहीसमेत हुने भन्दै मन्त्रालयले सचेतसमेत गराएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू