सुन र चाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

एटुजेड समाचार

काठमाडौं –  सोमबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य २ सय र चाँदीको मूल्य २० रुपैयाँले घटेको छ ।

महासंघको अनुसार सोमबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ९ हजार १ सय, तेजावी सुनको मूल्य १ लाख ८ हजार ६ सय र चाँदीको मूल्य १ हजार ४२० रुपैयाँ तोकिएको छ ।

आइतबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ९ हजार ३ सय, तेजावी सुनको मूल्य १ लाख ८ हजार ८ सय र चाँदीको मूल्य १ हजार ४४० रुपैयाँ तोकिएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू