चितवन २ मा ८ बजे सर्वदलीय बैठकपछि मात्रै मतगणना सुरु हुने

एटुजेड समाचार

चितवन – चितवन २ मा मतगणना सुरू गर्न बिहान ८ बजे सर्वदलीय बैठक बोलाइएको छ । गएराति नै बैठक बस्न खोजिएकोमा कांग्रेसले आफूले दाय र गरेको उजुरीमा छानबिन नभएसम्म मतगणना हुन अडान राखेको थियो ।

कांग्रेस सभापति राजेश्वर खनालले रास्वपा उम्मेदवार रवि लामिछाने र चितवनका सीडीओविरुद्ध दिएको उजुरीको कारबाही टुंगो नलगाएसम्म मतगणना हुन नदिने बताएका छन् ।

बिहान मतगणनास्थलमा सर्वदलीय बैठक राखेर सहमतिमा पुगी गणना थाल्ने आयोगको तयारी छ ।

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु