अर्थतन्त्र सुधारको गतिमा, धैर्यता राख्न सरकारको आग्रह

एटुजेड समाचार

काठमाडौं – गाँजरमा उच्च मात्रामा बेटा क्यारोटिन पाइन्छ । यसका साथै भिटामिन ‘ए’, मिनरल्स र एन्टिअक्सिडेन्ट पनि पाइन्छ ।यो आँखा, छाला, पाचन प्रणाली र दाँतका लागि लाभदायी हुन्छ । यसमा अत्यन्त न्युन मात्रामा क्यालोरी पाइन्छ भने चिल्लो पदार्थ शुन्य हुन्छ । गाँजर खानु आँखाको स्वास्थ्यका लागि लाभदायी हुन्छ ।

यसमा भएको बेटा क्यारोटिन कलेजोमा भिटामिन ‘ए’ मा परिवर्तन हुन्छ । यसले राती आँखा देख्न सक्ने क्षमतामा वृद्धि गर्नुका साथै ग्लुकोमा, म्याकुलर डिजेनेरेशन र सेनाइल क्याटार्याक्टजस्ता आँखाको समस्याविरुद्ध लड्न मद्दत र्पुयाउछ ।यसले रतन्धो हुनबाट समेत बचाउँछ । एक अनुसन्धानले बेटा क्यारोटिनको उपभोगले म्याकुलर डिजेनेरेशन हुनबाट ४० प्रतिशतले बचाउँछ ।गाँजरमा विभिन्न प्रकारका एन्टिअक्सिडेन्ट र पोलासिटाइलनेस भन्ने तत्व पाइन्छन्, जसले मुटुको कवचको काम गर्छ ।

अध्ययनहरूबाट गाँजरमा भएका यस्ता तत्व खानाले मुटु रोग लाग्ने खतरा कम हुने देखाएका छन् । उच्च मात्रामा बेटा क्यारोटिनका अतिरिक्त गाँजरमा अल्फाक्यारोटिन र ल्युटन पाइन्छन् । यसले खराब कोलस्टेरोललाई पनि हटाउँछ । यहीकारण हृदयाघात हुने सम्भावना पनि रहँदैंन ।

गाँजरमा फोक्सो, स्तन तथा कोलोन क्यान्सर लाग्नबाट बचाउने तत्व पाइन्छ । गाँजरमा भएको पोलि–अक्टिलाइन एन्टिअक्सिडेन्ट र फाल्कारिनोल भन्ने तत्वका कारण यस्तो भएको हो ।यी तत्वले क्यान्सर लगाउने कोषलाई नष्ट पार्छ । गाँजरमा भएका विभिन्न खालका पोषक तत्व र भिटामिन ‘सी’ सहितको एन्टिअक्सिडेन्टले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ ।

गाँजरको नियमित सेवनले शरीरमा कवचको जस्तै काम गर्छ । गाँजरमा पाइने भिटामिन ‘ए’ले कलेजोलाई शरीरबाट विषाक्त पदार्थ निकाल्न मद्दत गर्छ ।यसले कलेजोमा भएको चिल्लो पदार्थ र पित्तलाई घटाउनुका साथै शरीरलाई नचाहिने तत्व हटाइ शुद्द राख्न सहयोग गर्छ । गाँजरमा हुने क्याल्सियमले महिला तथा बालबालिकाको हड्डीको विकासमा सहयोग गर्छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू