चितवन, वैशाख १० – चितवन क्षेत्र नं २ का दुई वटा केन्द्रमा मतदान रोकिएको छ । भरतपुर महानगरपालिका वडा नं.११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुर महानगरपालिका ७ स्थित कृष्णपुर मावि केन्द्रमा पनि मतदान रोकिएको हो । कृष्णपुरमा मतदान रोकिएको भने आधा घण्टा भएको छ । तर, भोजाडमा करिब दुई घण्टादेखि मतदान रोकिएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेका समर्थकहरुले नाराबाजी गरेपछि तनाव सिर्जना भएको थियो ।
रवि लामिछाने भरतपुर–१२ को मोहन माविबाट नयाँ किरण मावि भोजाडमा जाँदा उनका समर्थकहरूले पक्षमा नारावाजी गरेका थिए । मतदानस्थलमा नाराबाजी गरेको भन्दै त्यसको विरोध अन्य दलले गरेपछि तनाव उत्पन्न भएको हो ।रोकिएको उक्त स्थानको मतदान सुरु गर्न सर्वदलीय बैठक बसेर सुचारु गर्नेबारे छलफल भइरहेको छ ।कृष्णपुर माविमा पनि रवि लामिछाने भिड जम्मा गरेर मतदान केन्द्रमा आएको भन्दै अन्य दलकाले विरोध गरेपछि त्यहाँ पनि मतदान रोकिएको हो ।