चितवन – चितवन क्षेत्र नम्बर २ मा भोलि आइतबार हुने उपनिर्वाचनको तयारी पुरा भएको छ । उपनिर्वाचनमा भरतपुर महानगरपालिका, कालिका नगरपलिका र इच्छाकामना गाउंपालिका गरी ४३ मतदान स्थलमा १३८ वटा मतदान केन्द्र रहेका छन् ।
इच्छाकामना गाउँपालिकामा ७ वटा वडाका १४ मतदानस्थलमा २१ मतदान केन्द्र रहेको छ । जसमा इच्छाकामनाको १ नम्बर वडामा २ मतदानस्थल र २ वटा मतदान केन्द्र, इच्छाकामनाको २ नम्बर वडामा २ मतदानस्थल र ३ वटा मतदान केन्द्र, इच्छाकामनाको ३ नम्बर वडामा २ मतदानस्थल र ३ वटा मतदान केन्द्र रहेको छ ।
त्यस्तै इच्छाकामनाको ४ नम्बर वडामा १ मतदानस्थल र ३ वटा मतदान केन्द्र, इच्छाकामनाको ५ नम्बर वडामा २ मतदानस्थल र ३ वटा मतदान केन्द्र, इच्छाकामनाको ६ नम्बर वडामा ३ मतदानस्थल र ३ वटा मतदान केन्द्र र त्यस्तै इच्छाकामनाको ७ नम्बर वडामा २ मतदानस्थल र ४ वटा मतदान केन्द्र रहेको निर्वाचन कार्यालय प्रमुख भिमसेन कार्किले जानाकारी दिए ।
भरतपुर महानगरपलिकामा १० वटा वडाका १८ मतदानस्थलमा ८० वटा मतदान केन्द्र र कालिका नगरपालिकाका ११ वटा वडाका ११ मतदानस्थलमा ३७ मतदान केन्द्र रहेको रहेको प्रमुख कार्किले जानाकारी दिए ।
उक्त स्थानमा ६९० कर्मचारी खटिएका छन् । उनीहरुसँगै सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ । यस क्षेत्रमा १ लाख २४ हजार ६ सय ९५ मतदाता रहेका छन् । तीमध्ये ६३ हजार २ सय ९१ महिला, ६१ हजार ४ सय ३ पुरुष र १ जना तेस्रो लिङ्गी रहेका छन् ।
त्यस्तै चितवनमा निर्वाचनको दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म उपनिर्वाचन हुने क्षेत्रका राजमार्ग एवं भित्री सडकमा सवारीमा रोक लगाइएको छ । उपनिर्वाचन सीमित क्षेत्रमा हुने भएकाले सुरक्षका लागि यो व्यवस्था गरिएको हो ।निर्वाचनलाई लक्षित गर्दै निर्वाचन हुने क्षेत्रभित्र मदिरा बिक्री वितरणका लागि रोक लगाइएको छ ।
।