विराटनगर : पहिचानका आधारमा प्रदेशको नामकरण हुनुपर्ने र प्रदेशको नाम कोसी खारेज गर्नुपर्ने मागसहित आन्दोलनरत पहिचान पक्षधर र सुरक्षाकर्मीबीच विराटनगरमा शनिबार दिउँसो झडप भएको छ।
चैत ५ गते मा विराटनगरमा घाइते भएका उनको चैत १० मा मृत्यु भएको थियो। सरकारले उनलाई सहिद घोषणा गरेपछि बल्ल आज उनको अन्त्येष्टी हुँदैछ। अन्त्येष्टी अघि उनको शव विराटनगरमा परिक्रमा गराउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो।
रोडशेषमा ब्यारिकेड तोडे अघि बढ्न खोजेका आन्दाेलनकारीलाई राेक्न प्रहरीले राेक्न खोजेपछि झडप भएको हो। त्यसक्रममा प्रहरीले दर्जनौं राउन्ड अश्रुग्यास प्रहार भएको छ।