असहज स्थितिमा भत्ता कटौतीबारे छलफल हुँदै छ : अर्थमन्त्री
काठमाडौं – अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा भएको असहज स्थितिमा भत्ता कटौतीको छलफल भइरहेको बताएका छन् ।शनिबार बाह्रखरी मिडियाले आयोजना गरेको आर्थिक परिसंवाद कार्यक्रममा उनले भत्ता कटौतीको विषयमा छलफल भइरहेको बताए । उनले अहिले नै कटौती गरिहाल्ने स्थिति भने नभएको बताए ।
अर्थतन्त्रको दीर्घकालीन सुधारका लागि राज्यबाट वितरण भइरहेका भत्ताहरु कटौतीको बारेमा छलफल भइरहेको उनको भनाइ छ ।“अर्थतन्त्रमा असहज स्थिति छ । सोचेअनुसार राजश्व संकलन भइरहेको छैन । व्यापक खर्च कटौती गर्नुपर्ने देखिन्छ,” उनले भने, “तर, अहिले दिँदै आएका भत्ताहरु यहीँबाट कटौती गरिहाल्छु भन्ने स्थिति छैन । खर्च कटौती गर्न के के गर्न सकिन्छ भनेर अध्ययन भइरहेको छ ।”रासस
तपाइँको प्रतिक्रिया