काठमाडौँ – भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको छ ।
उहाँको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले सो जानकारी दिनुभएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।
उहाँको स्वास्थ्योपचार बुधबारदेखि तेस्रो दिन पनि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ । राष्ट्रपति पौडेल स्वास्थ्य उपचारका लागि बुधबार भारत प्रस्थान गर्नुभएको थियो ।