एकीकृत समाजवादीका ज्ञवालीले पार्टी त्यागे

एटुजेड समाचार

 काठमाडौं – नेकपा एकीकृत समाजवादीका नेता नरेश ज्ञवालीले पार्टी परित्याग गरेका छन् । नेकपा एमाले विभाजन हुँदा ज्ञवाली एकीकृत समाजवादीतिर लागेका थिए ।

तर विभाजनको औचित्य पुष्टि नहुने भन्दै ज्ञवालीले पार्टी परित्याग गरेका छन् । ‘विभाजनले दलाल पूँजीवाद र बिचौलियालाई मात्रै खुसी बनाउने भयो । त्यसैले मैले उक्त पार्टी परित्याग गर्ने निर्णय गरेको हुँ’, ज्ञवालीले भने ।

उनी एमालेको स्थापनाकालदेखि सक्रि नेता हुन् । ‘कोके, माले एमाले हुँदै मैले तीस दशक राजनीतिमा बिताएको छु, तर एकीकृत समाजवादीमा रहेर कम्युनिष्ट आन्दोलन अगाडि बढ्ने देखिनँ’, उनले भने ।

ज्ञवालीलाई एकीकृत समाजवादीले केन्द्रीय लेखा परिक्षण आयोग सदस्यको जिम्मेवारी दिएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू