चितवन – चितवनको भरतपुरमा स्कुटरलाई मिक्सचरले ठक्कर दिँदा शिक्षक मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपािलका वडा नम्बर ९ का ६८ वर्षिय महेन्द्र प्रसाद पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवन सूचना अधिकारी प्रहरी नायव उपरिक्षक विजयराज पण्डितका अनुसार हाकिमचोकबाट चौबिसकोठी तर्फ जाँदै गरेको वा २ क ८३४९ नम्बरको मिक्सचरले बाटो क्रस गर्ने क्रममा रहेको प्रदेश ३–०३–००२ प ३७७० नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक पौडेलको मृत्यु भएको हो ।
ठक्करबाट घाईते भएका पौडेलको उपचारका क्रममा चितवन मेडीकल कलेजमा आज बिहान ९ः३५ वजे मृत्यु भएको उनले जानकारी दिए । ठक्कर दिने मिक्सचर र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
मृतक पौडेल नेपाल शिक्षक संघ चितवनका पुर्व अध्यक्ष थिए । शरदपुर माध्यामिक बिद्यालयको पूर्ब प्रध्यानाध्यापक एबं हाल सोही बिद्यालयको व्यवस्थापन समितिको अध्यक्षको रुपमा काम गर्दै आएका थिए ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिको रुपमा रहेकाका पौडेल विभिन्न सामाजिक सङ्घ संस्थामा रहेर काम गर्दै आएको नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोख्रेलले जानकारी दिए ।