सर्वसाधारणलाई माइखोला हाइड्रोपावरको आईपीओ खुल्यो

एटुजेड समाचार

 काठमाडौं – माइखोला हाइड्रोपावर लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) निष्कासन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगार रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेपश्चात ८ वैशाख शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी पूँजी ३९ करोड २९ लाख ५६ हजार रुपैयाँको ४९ प्रतिशतले हुन आउने १९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको १९ लाख २१ हजार ५६८ कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो । जसमध्ये कम्पनीले जारी पूँजीको १० प्रतिशतले हुने ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको ३ लाख ९२ हजार १५७ कित्ता सेयर अयाोजना प्रभवित क्षेत्रका स्थानीयलाई निष्कासन गरिसकेको छ । यस्तै जारी पूँजीको ३९ प्रतिशतले हुने १५ करोड २९ लाख ४१ हजार १०० रुपैयाँ बराबको १५ लाख २९ हजार ४११ कित्ता सेयर अन्य सर्वसाधारणका लागि छुट्याएको थियो । जसमध्ये ७६ हजार ४७९ कित्ता सेयर सामूहिक लगानी कोषका र ३० हजार ५८८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएको छ । सर्वसाधारणले बाँकी रहेको १२ लाख ६९ हजार ४११ कित्ता सेयरका लागि आवेदन दिन सक्ने कम्पनीले प्रकाशित गरेको आह्वानपत्रमा उल्लेख छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू